जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

७ कार्तिक २०७६, बिहीबार १४:२४ मा प्रकाशित
उज्यालो संवाददाता

गणेश कुमार ठाकुर
सिरहा,कार्तिक ७ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ११ मा जिल्ला स्तरिया हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरीजबाफ प्रतियोगितामा श्री जनसेवा माध्यमिक विधालय कर्जन्हाले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा श्री जनता नमुना माध्यमिक विधालय गोलबजार दोस्रो र श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विधालय फुलवरिया तेस्रो स्थान प्राप्त गरेका छन् । जिल्लाका भित्र रहेका मा.वि ११ वटा बिद्यालयका सहभागिता रहेको थिए । बिजेता बिद्याथीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र, समान्य ज्ञान प्रदान गरिएको आयोजक मिर्चैया नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कृष्णा कुमार हजामले जनाए ।

प्रत्येक बिद्यालयबाट तीन–तीनजना बिद्यार्थीहरुलाई सहभागि गराई प्रतियोगिता गरिएको सहयोगि संस्था साझा फुलवारी समुदायिक संस्था मिर्चैया वडा नं.५का सदस्य ईन्दल साहले जनाए ।

साझा फुलवारी समुदायिक संस्था मिर्चैया वडा नं.५ को अध्यक्ष नथुनि साहको अध्यक्षतामा विहिबार भएको । कार्यक्रमको सभापति बुधन मण्डलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि सिरहा क्षेत्र नं. ४(क) को प्रदेश संसद दिलिप कुमार साह रहेका थिए भने अतिथिको रुपमा जनता मा.वि.सितापुरका प्र.अ.वृढिचन्द्र यादब,अतिथिको रुपमा मिर्चैया नगरपालिका वडा नं.११ का वडा अध्यक्ष कृष्ण कुमार हजाम, अतिथिको रुपमा मिर्चैया नगरपालिका वडा नं.११का वडा सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा विषय बिशेषज्ञ तथा निर्णायक समितिको रुपमा जय प्रकास साह, विभा कुमारी साह,नारायण साह रहेका थिए । मिर्चैया नगरपालिका वडा नं.११का आर्थिक सहयोग र साझा फुलवारी समुदायिक संस्था मिर्चैया वडा नं.५को आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ ।


सामाजिक संजालवाट साभार