नेकपा काभ्रेको चियापानमा माधव नेपाल प्रमुख अतिथि, गृहमन्त्री थापा विशेष अतिथि

७ कार्तिक २०७६, बिहीबार १२:२४ मा प्रकाशित
उज्यालो संवाददाता

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार आयोजना गरेको चियापन कार्यक्रमको तयारी पूरा भएको छ ।

नेकपा काभ्रे जिल्लाका अध्यक्ष रुकु चौलागाईका अनुसार चियापानको सम्पूर्ण तयारी पूरा भएको छ । अध्यक्ष चौलागाईका अनुसार चियापान बिहान साढे ११ बजे सुरु हुनेछ ।

चियापानमा प्रमुख अतिथिको रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य माधवकुमार नेपाल काभ्रे आउने अध्यक्ष चौलागाईले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा विशेष अतिथिको रुपमा भने गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित् हुनेछन् ।’

चियापनमा जिल्लास्थित् विभिन्न राजनैतिक दल, विभिन्न संघसंस्था, गाउँ तथा नगरका प्रमुख उपप्रमुख लगायतलाई निम्तो दिइएको छ ।


सामाजिक संजालवाट साभार