बारा रामथलीमा कांग्रेसको चियापन सम्पन्न

७ कार्तिक २०७६, बिहीबार ११:५५ मा प्रकाशित
उज्यालो संवाददाता

बारा । नेपाली कांग्रेस निजगढ नगरपालिका वडा नं. १२ को आयोजनामा रामथलीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित् कार्यक्रम बिहीबार भव्य रुपमा सम्पन्न भएको हो । नेपाली कांग्रेस निजगढ–१२ का सभापति सोनामसिंह गोलेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिका सचिव मनोज भट्टले ग्रहण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टले नेपाली कांग्रेसले इतिहासदेखि नै जनताको पक्षमा लड्दै आएकाले अब फेरि पनि जनताको पक्षमा केवल कांग्रेसले मात्रै वकालत् गर्ने बताए । ‘कांग्रेस जनताको पार्टी हो’ उनले भने, ‘कांग्रेसले विगतमा पनि जनताको पक्षमा वकालत् गर्यो, अब पनि जनताकै पक्षमा वकालत गर्छ ।’

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, नगर इकाई कार्यसमिति सभापति महेशी कुँवर, क्षेत्र नम्बर १ अन्तर्गत ‘क’ को क्षेत्रीय सभापति रामकुमारी गोले, वडा नं. १२ का वडाध्यक्ष ज्ञानबहादुर गोले, केन्द्रीय महासमिति सदस्य पेमासिद्धि लामा, महिला सञ्जाल निजगढ नगरपालिकाकी सभापति विष्णु नेपाल, कल्पना खरेल, सुनमायाँ स्याङतान्, क्षेत्रीय सदस्य पदम भण्डारी, वडा नं. १३ का अध्यक्ष सुर्य घलान्, वडा नं. १ का अध्यक्ष मंगल लोप्चन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सयौँको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कान्छामान गोले र सुजन बजगाईले गरेका थिए ।

तस्बिरहरु हेरौँ ।


सामाजिक संजालवाट साभार