यो हो ‘भिटेन’ पक्राउ पर्नुको भित्री कारण

७ कार्तिक २०७६, बिहीबार ०८:१० मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं भिटेन नाामले चर्चित् र्‍यापर समिर घिसिङ उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको तस्बिरका कारण पक्राउ परेको खुलेको छ ।

गत १२ असोजमा उनले आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेको तस्बिरका कारण उनी पक्राउ परेको खुलेको हो । उनको ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीत अहिले चर्चित् छ ।

जाउलाखेलबाट आज पक्राउ परेका उनले फेसबुकमा प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।

उनको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै, उक्त तस्बिर १२ सय बढी पटक सेयर गरिएको छ ।


सामाजिक संजालवाट साभार