सिरहाको बजारमा दीपावली तथा छठ पर्वंको किनमेल गर्नेको भीड

६ कार्तिक २०७६, बुधबार १४:४६ मा प्रकाशित
गणेश कुमार ठाकुर

सिरहा । सिरहाको बजारमा दीपावली तथा छठ पर्वंको किनमेल गर्नेको भीड लाग्न थालेको छ । शुभ दीपावली तथा छठ पर्वको लागि कपडाहरु किनको लागी बजारमा ग्राहकहरुको चहलपहल बढोका छन । बजारमा ग्राहकहरुको बढदो भीडसँगै कारोबारको पनि बढेको छ ।

दीपावली सुरु भएसँगै जिल्लाको सिरहा, मिर्चैया,लहान,बन्दीपुर,गोलबजार लगायतका बजारमा किनमेल गर्नेको चहलपहल बढेको हो । जिल्लाको विभिन्न ठाउँहरुको बजारमा उत्तरी ग्रामीण भेगबाट दैनिक ठूलो सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि आइरहेका उद्योग वाणिज्य सघं मिर्चैयाका अध्यक्ष हरिशंकर साहले जानकारी दिनुभयो । बजारमा अहिले कपडा, मरमसाला, चामल, चिउरा, नुन, तेल, खसीबोकालगायतको व्यापार बढेको मिर्चैयाका व्यापारी ललित साहले बताएका छन् ।

बजारमा व्यवसायीहरुले उपभोक्ताको हितलाई ध्यान दिएका छन । उनले भने, नगदमा समान बिक्री हुनुपनि ब्यवसायीहरुको उपलब्धि हो ।


सामाजिक संजालवाट साभार