ढकालको छतबाट खसेर मृत्यु

३ कार्तिक २०७६, आईतवार १४:४८ मा प्रकाशित
उज्यालो संवाददाता

पोखरा । स्याङ्जामा छतबाट खसेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार वालिङ नगरपालिका १० स्याङ्जा मोदी खोला निवासी ७८ वर्षीय श्यामलाल ढकालको छतबाट खसेर मृत्यु भएको हो ।
मृतक ढकाल मोदी खोलामै बस्ने आफ्नी छोरी भेट्न उनको घर पुगेका थिए । छोरीको घरमा पुगेका ढकाल २ तला माथिबाट खसेर घाइते भएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पु¥याइएको थियो ।

उपचारको लागि स्वास्थ्य चोकी पु¥याइएका ढकाललाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


सामाजिक संजालवाट साभार