सुन चोरी अभियोगमा भारती नागरिक पक्राउ

३ कार्तिक २०७६, आईतवार १३:४९ मा प्रकाशित
उज्यालो संवाददाता

अर्घाखाँची । सुन चोरी अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेको छ । भारतको पश्चिम बगांल घर भई हाल सन्धीखर्क नगरपालिकामा सुनको कारोबार गर्दै आएका २१ वर्षीय श्रीमन्त मण्डललाई पक्राउ गरेको हो ।

जिल्लाको सदरमुकाम सन्धीखर्कमा रहेको महालक्ष्मी गहना पसलबाट सात तोला सुन चोरी अभियोगमा मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको हो ।

शनिबार राति ११ बजेको समयमा मास्टर चाबी प्रयोग गरी ढोका खोलेर सीसी टिभी क्यामरा बन्द गरेको दृश्य पसलमा रहेको सीसी टिभीमा कैद भएको पसलका सञ्चालक तारा सुनारले बताए । उनले भने, ‘११ बजेको समयमा ढोका खोलेको दृश्य कैद भएको छ ।’


सामाजिक संजालवाट साभार