तामाङ भाषामा थप्यो “तामाङ ह्युलबाला कोला” नयाँ सिरियल

३ कार्तिक २०७६, आईतवार ०४:२५ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौ । युटुब च्यानलमार्फत “तामाङ ह्युलबाला कोला” (तामाङ समाजका छोराछोरी)नामक सिरियल बजारमा आएको छ । भाग १ को औपचारिक सुरुवात पत्रकार सम्म्मेलन गरी गरेका थिए ।

तामाङ समाजको स्थिती,संस्कार र सस्कृतिलाई उजागर गर्न सिरियल ल्याएको निर्देशक कबिन योन्जले बताए । १६ जनाको टिमले सन्चालनमा ल्याएको सिरियलमा वाङ्छु राज वाइबाको कथा,कबिन योन्जनको छायाङ्कन,सम्पादन र निर्देशान् रहेको छ ।

पासाङ ब्लोन (चन्चल)ले निर्माण गरेको सिरियलमा सिता लामा,करण वाइबा,अर्जुन पुर्बेली,नबराज तितुङ,बिना पाख्रिन,नानु वाइबा,सलिना लामा,बिपना वाइबा,जनक तामाङ,ईन्द्र लाल दोङ,सोम तामाङ,सानु तमाङ,आर के घिसिङ लगायतको अभिनय रहेको छ ।

हेर्नुहोस भाग १


सामाजिक संजालवाट साभार