‘रिस साँधेर बस्नु भनेको, कसैलाई प्रहार गर्ने इच्छाले आगो समातेर बस्नु जस्तै हो’

२ कार्तिक २०७६, शनिबार १२:३२ मा प्रकाशित
उज्यालो संवाददाता

गौतम बुद्धका जीवन उपयोगी उत्प्रेरक भनाईहरु:-

-वितेको कुरामा नअल्झ, भविष्यको अनावश्यक सपनामा नहराउ, वर्तमानमा जे गर्दै छौ त्यसमा ध्यान देउ । यो नै खुसी रहने उत्तम बाटो हो ।
– शंकाको बानी भयंकर डरलाग्दो हुन्छ जसले मानिसलाई अलग गर्छ र मित्रता तोड्छ ।

– तिमी आफूमाथि विजय प्राप्त गर त्यो हजारौं लडाइँ जित्नु भन्दा राम्रो हो ।

– सूर्य, चन्द्रमा र सत्य कहिल्यै लुक्न सक्दैन ।

– लक्ष्यसम्मको यात्रा राम्रोसँग गर्नुस् लक्ष्यमा अवश्य पुग्नुहुन्छ ।

– जुन शब्दले शान्ति ल्याउँछ त्यो शब्द लाखौं शब्द भन्दा राम्रो हुन्छ ।

– रिस साँधेर बस्नु भनेको, कसैलाई प्रहार गर्ने इच्छाले आगो समातेर बस्नु जस्तै हो ।

– कुनै एक बलिरहेको दियोबाट हजारौं बत्ति बाल्न सकिन्छ, तरपनि त्यो दियोको प्रकाश कम हुँदैन । यसै गरी खुसि र शिक्षा बाँड्नाले बढ्छ, कहिल्यै कम हुँदैन ।


सामाजिक संजालवाट साभार