शिशुकाे उपचारकाे लागि सहयोग रकम हस्तान्तरण

२९ आश्विन २०७६, बुधबार १२:३४ मा प्रकाशित
उज्यालो संवाददाता

इलाम । ‘चुलाचुली प्रवासी सेवा समाज’ इलामले आज चुलाचुली गाउँपालिका वडा नं. १ कमलमा जन्मिएका १६ दिने शिशुकाे उपचारकाे लागि सहयोग हस्तान्तरण गरेको छ । मेक्स अन्तर्राष्ट्रिय हस्पिटल विराटनगरमा उपचार्थ शिशुको घरमै पुगि चुलाचुली प्रवासी संस्थाले शिशुको बाबु शेर ब. खजुमलाई ४० हजार ४ सय ४० रूपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

अहिलेसम्म रोगको पहिचान हुन नसकेको सर्मिला खजुमले वताए । “आर्थिक विपन्नताकै कारण उनकाे उपचारको लागि सहयोगीमन साथै संस्थाहरूसंग सहयाेगकाे अपिल गरिरहेका छाैं ।”उनले भने ।

चुलाचुली प्रवासी सेवा समाज, इलामले विभिन्न सामाजिक सहयोग अभियान गर्दै अाइरहेकाे मध्ये यसपटक याे शिशु बचाउ अभियान तेस्राे कार्यक्रम रहेको संस्थाका सचिव सुदेस खाहुङ राईले जानकारी गराइएको छन् ।


सामाजिक संजालवाट साभार