सबैले पढ्नुपर्ने महात्मा गान्धीको यो सराहनीय कार्य

२७ आश्विन २०७६, सोमबार ११:०९ मा प्रकाशित
उज्यालो संवाददाता

कुनै वेला महात्मा गान्धी चम्पारणमा पुगेका थिए । एक दिन उनी बिहानै आफ्नो कुटीबाहिर बसेर चर्खा कातिरहेका थिए । यो उनको जहाँ पुगे पनि चलिरहने दैनिकी थियो । त्यतिखेर उनी बसेको स्थाननजिकै दुईजना बच्चा आपसमा खेलिरहेका थिए । मिलेरै खेलिरहेका ती दुवै बालक एकैछिनमा आपसमा चर्काचर्की गर्दै झगडा गर्न थाले । झगडा गर्दागर्दै ती दुवै बालक अति नै उत्तेजित भए र एकअर्कालाई फोहोरी शब्द प्रयोग गरी गाली गर्न थाले । ससाना बच्चाका मुखबाट त्यति फोहोर गाली सुन्नुपर्दा गान्धीलाई बडो अफसोच लाग्यो । उनले बालकहरूको झगडा रोकेर तिनका आमाबाबुलाई बोलाउन लगाए ।

बालकका आमाबाबु आएपछि गान्धी उनीहरूलाई गाली गर्न थाले । केही क्षणसम्म उनीहरूले यो सब चुचाप सुनिरहे । तर, उनीहरूमध्ये एउटा बच्चाका बाबु चुप लागिरहन सकेनन् । उनले गान्धीलाई सोधे, ‘बापु, हाम्रो गल्ती के थियो र हजुर यसरी हामीलाई गाली गर्दै हुनुहुन्छ ? पहिला त्यो त बताउनुस् ।

उनको प्रश्न सुनिसकेपछि गान्धीले स्पष्ट पार्दै भने, ‘तिमीहरू दुवैका बच्चा यहा“ नजिकै खेलिरहेका थिए । अचानक उनीहरूबीच झगडा सुरु भयो । एकैछिनमा उनीहरू एक–अर्कालाई अत्यन्तै फोहोरी शब्द प्रयोग गरेर गाली गर्न थाले ।’

‘तर यसका लागि हजुरले हामीलाई चाहिँ किन बोलाउनुभएको त ? उनीहरूलाई नै बोलाएर हप्काइदिनुभएको भए भइहाल्थ्यो नि ! हजुरलाई उनीहरूलाई गाली गर्ने पूरा अधिकार छ,’ ती व्यक्तिले भने । उनका कुरा सुनिसकेपछि गान्धी गम्भीर भए र भने, ‘हो, पक्कै पनि म आफैँ उनीहरूलाई गाली गर्न सक्थेँ । तर, त्यो वेला गाली गर्नु जायज हुन सक्थ्यो, जतिखेर उनीहरू दोषी हुन्थे । यिनीहरूले यस्तो गाली आफैँ सिर्जना गरेका होइनन् । यिनीहरूले त यस्तो फोहोरी गाली तिमीहरूबाटै सिकेका न हुन् ।’ गान्धीको तर्क सुनेर बच्चाका आमाबाबुले लाजले टाउको निहु¥याए ।


सामाजिक संजालवाट साभार