काठमाडौं । विपक्षी गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकलगत्तै अध्यक्ष दाहाल र नेता नेपाल छलफलमा बसेका हुन् । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा र एमाले नेता भीम रावल पनि सहभागी छन् ।