मोदी र सीबीच दोस्रो पटक अनौपचारिक भेटवार्ता हुने

२२ आश्विन २०७६, बुधबार १३:४५ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं – चिनियाँ राष्ट्रपति राष्ट्रपति सी जिङपिङ आगामी शुत्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो पटक अनौपचारिक वार्ताका लागि तमिलनाडुको मामल्लापुर जाने भएका छन् ।

भेटवार्ताका क्रममा कुनै सम्झौता र एमओयुमा हस्ताक्षरको नहुने जनाइएको छ । उनीहरुबीच आतंकवाद, सीमा सुरक्षा लगायतकाबारे कुराकानी हुनेछ ।

यसअघि गत अप्रिलमा मोदी र सीबीच चीनको वुहानमा अनौपचारिक भेटवार्ता भएको थियो । सी विदेशमन्त्री र पोलिटब्युरो सदस्यसहित भारत जानेछन् । मोदीसँगको अनौपचारिक भेटवार्तापछि सी नेपाल आउने छन् ।

सी अक्टोबर १२ र १३ तारिख अर्थात् असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्ने कार्य तालिका रहेको छ ।

photo-bhaskar.com


सामाजिक संजालवाट साभार