आज दिउँसोपख मेघ गर्जनसहित पानी पर्ने सक्‍ने

२२ आश्विन २०७६, बुधबार ०३:३० मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । आज देशका केही स्थानमा दिउँसोपख मेघ गर्जनसहित पानी पर्ने भएको छ ।

पुर्व, मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पख यि स्थानको मौसम आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा पनि बुधबार साँझ पख मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको उनले बताउनुभयो 


सामाजिक संजालवाट साभार