भन्सार छली गरी ल्यएको अवैध कपडा, सवारी सधान सहित ४ पक्राउ

२२ आश्विन २०७६, बुधबार ०३:२१ मा प्रकाशित
उज्यालो संवाददाता

असोज । भारतबाट भन्सार छली नेपाल ल्याएको अवैध कपडा, पशुचौपाय तथा ६ वटा सवारी सधान सहित ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नं. ६ सानो ईटवाल टोलका मोजाहिर मियाँको घरमा डेराकोठा लिई बसेका बाराको आदर्शकोतवाल गाउँ पालिका ५ का अन्दाजी वर्ष ३४ को रामरतन यादव, उनका भाइ अन्दाजी वर्ष २९ का जयमंगल प्रसाद यादव, सोही स्थान निवासी अन्दाजी वर्ष ४५ को हेमचन्द्र तिवारी रहेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका ६ सानो ईटवाल टोलमा डेरागरी बस्ने ३ जनाले भारतबाट मोटरसाईकलमा अन्दाजी मुल्य ३३ लाख हजार बराबरको भन्सार छलीका कपडा लिएर आउँदै गर्दा कपडासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


सामाजिक संजालवाट साभार