दशैँको ११ औं दिन आज एकादशी, नभ्याउने ठाउमा आज पनि टीका

२२ आश्विन २०७६, बुधबार ०३:१३ मा प्रकाशित
उज्यालो संवाददाता

असोज । विजया दशमीको ११ औं दिन आज एकादशी । आज पनि दशमीको दिन टीका थाप्न नभ्याएकाले आज पनि टिका लगाउँदै छन् ।

आजको बिहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रत सुरु गर्दै पूजापाठ र मठमन्दिरमा दर्शनपश्चात् यस एकादशीको एकादशी महिमा सुन्नाले शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ ।

एकादशी पनि भएकोले आज व्रत वस्ने, फलफूल खाने अनि एकादशी महात्मयको कथा सुन्ने गरिन्छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।


सामाजिक संजालवाट साभार