जनकपुरधाममा लङ्का दहन

२२ आश्विन २०७६, बुधबार ०२:५९ मा प्रकाशित
उज्यालो संवाददाता

धनुषा । जनकपुरधाममा रावण बध कार्यक्रमसँगै लङ्कादहन गरिएका छन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन् ।

विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ ।

प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको हो ।


सामाजिक संजालवाट साभार