युरोप लिग:आर्सनलको फराकिलो जित

१७ आश्विन २०७६, शुक्रबार ०२:४८ मा प्रकाशित
उज्यालो संवाददाता

 

युरोपा लिग फूटबल अन्तरगत आज राती सम्पन्न आर्सनल र स्ट्यान्डर्ड लिइगबीचको खेलमा आर्सनलले ४-० गोलले विजयी भएको छ ।

समूह “एफ” मा रहेको समूह चरणमा आर्सनलले स्ट्यान्डर्डलाई ठूलो गोल अन्तरले पराजित गरेको हो ।आर्सनललाई जित दिलाउन मार्टिनेल्लीले व्यक्तिगत दुई गोल गरे ।उक्त दुई गोल पहिलो हाफ मै गरेको हो ।

खेलले १३ औं मिनेटमा मार्टिनेल्लीले विपक्षीको गोल पोस्टमा जाली चुमाउँदै टोलीलाई अग्रता बनाए ।त्यसको तीन मिनेटमै फेरि उनले नै व्यक्तिगत दोश्रो गोल गरे र टोलीलाई जितको लक्ष्य तर्फ डोर्यायो ।खेलको २२ औं मिनेटमा विलकले फेरि उत्कृष्ट गोल गर्दै टोलीलाई ३-० को अग्रता बनायो । पहिलो हाफमा ३-० गोलले अघि रहेको आर्सनलले ५७ औं मिनेटमा केलाबसबाट अर्को गोल थप्न सफल भए भने स्ट्यान्डर्डबाट कुनै गोलको अवसर पाएन ।यससँगै आर्सनल ४-० गोल अन्तरले विजयी भएको हो ।


सामाजिक संजालवाट साभार