सिरहामा यात्रु सहायता कक्ष संचालन,चेकजाँचमा कडाई

१६ आश्विन २०७६, बिहीबार १४:१२ मा प्रकाशित
गणेश कुमार ठाकुर

सिरहा । ट्राफिक प्रहरी पोष्ट बन्दिपुरले चाडपर्व लक्षित दुर्घटना न्युनीकरणका कार्यक्रमलाई तिव्रता दिएको छ । बडा दशैं नजिएक सँगै पेशा ब्यवसायले घर बाहिर रहेकाहरु जन्मस्थल फर्कन थालेसँगै ट्राफिक सचेतनालाई जोड दिएको हो ।

चाडपर्वको समयमा हतारिएर यात्रा गर्दा र तिव्र गतिमा सवारिसाधन गुडाउँदा हुन सक्ने सम्भावित मानविय तथा भौतिक क्षति हुन नदिन ‘ठाउँको ठाउँ’ सवारि चेक जाँच र ट्राफिक सचेतना सहितको सचेतनालाई एकै साथ सञ्चालन गरेको ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका ईन्चार्ज उमेश चौधरीले बताए ।

सानो गल्ती र कमजोरीलाई ख्याल नगर्दा ठुलो दुर्घटना ब्योहोरनु पर्ने भएकोले जरिवान काट्नु भन्दा सवारि चालकलाई सचेतना पहिलो प्राथमिकता दिईएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी हवल्दार शयम यादबले बताए । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाकाले सवारि साधन,चालक,यात्रुलाई मध्यनजर गर्दै ठाउँको ठाउँ ट्राफिक सचेतनाको साथै मुस्कान सहितको सेवा दिदै आएको छ ।

त्यसै गरि ट्राफिक प्रहरी पोष्ट बन्दिपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्तमा आज देखि यात्रु सहायता कक्ष संचालन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका ईन्चार्ज उमेश चौधरीले जानकारी दिएको छ ।

विजया दशमी,दिपावली तथा छर्ठ पर्व नजिक्दै गर्दा बन्दिपुरमा निकैनै भिड बढ्दा सो कक्ष अहिले संचालन भएको ईन्चार्ज चौधरीले जनाएको छ । यो कक्ष विभिन्न ठाउँमा आउने जाने यात्रुहरूको लागि र चालक, सह चालकहरुको लागि विशेष गुनासो सुन्नको लागि संचालन भएको ईन्चार्ज उमेश चौधरीले जनाएको छ ।


सामाजिक संजालवाट साभार