मैथिलि गायक रञ्जित शर्माका भक्ति गीत मैया के दरबार सार्वजनिक

१६ आश्विन २०७६, बिहीबार ०४:४३ मा प्रकाशित
गणेश कुमार ठाकुर

सिरहा,असोज १४ गते । मैथिलि गायक रञ्जित शर्माको नयाँ भक्ति गीत मैया के दरबार यूटयूबबाट सार्वजनिक गरेको छ ।
दशैंको अवसरमा हिन्दु धर्मावलम्बीहरुको आस्थाको रुपमा पूजन गरिने देवी दुर्गाको भक्ति गीत सार्वजनिक गरेको छ । दर्जनौं गीति मैथिलि एल्बममा आफ्नो स्वर दिएका गायक रञ्जित शर्मा एवम गायिका इशिका भूजेलले यसपालीको नवरात्रीमा भक्ति गीत दर्शक माझ ल्याएका छन् ।

विरेन्द्र कबिर पन्थी र सागर वीर कडारीको रचना रहेको सो गीतमा अभिषेक पाण्डेले सँगीत सजाएका छन् । गीतको भिडियो छायांकनको लागि कलाकार राजु सर्राफ, रबिन ठाकुर र पूजा ठाकुरले अभियन दिएका छन् । रिदम स्टुडियोमा रेकर्डिंग गरिएको गीतलाई राजिप सङ्गम सम्पादन गरेका छन् भने निर्देशन दिनेश ठाकुरले गरेका छन् ।


सामाजिक संजालवाट साभार