युइएफए च्याम्पियन लिग: बार्सिलोना,लिभरपुल,चेल्सी र जेनिट विजयी

१६ आश्विन २०७६, बिहीबार ०२:१७ मा प्रकाशित
उज्यालो संवाददाता

युइएफए च्याम्पियन लिग अन्तरगत आज राती सम्पन्न खेलमा बार्सिलोना,लिभरपुल,चेल्सी र जेनिट क्लब विजयी भएको छ ।

बार्सिलोनाले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।दोश्रो मिनेट मै मार्टिन्जले गोल गरेसँगै मिलान पहिलो हाफमा १-० ले अघि थिए ।दोस्रो हाफको ५८ र ८४ औं मिनेटमा लुइज स्वारेजले दुई गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।त्यस्तै लिभरपुलले रेड बुल क्लबलाई ४-३ गोल अन्तरले हराएको छ ।खेलको नवौं मिनेटमा मानेले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।रोबर्टनले २५ औं मिनेटमामा टोलीबाट दोस्रो गोल गरे ।त्यसैगरी मोहम्मद सलाहले ३६ औं मिनेटमामा गोल गर्न सफल भए ।त्यसको ३९ औं मिनेटमामा ह्वाङले रेड बुलका लागि पहिलो गोल गरे ।पहिलो हाफ सकिँदा लिभरपुल ३-१ गोलले अघि थिए ।दोस्रो हाफ पछि ५६ औं मिनेटमा टाकुमी र ६० औं मिनेटमा होल्याण्डले गोल गर्न सफल भए र खेललाई बराबरीम ल्याए ।६९ औं मिनेटमा सलाहको गोल गर्दै फेरि अग्रता दिलाए । र त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा लिभरपुल विजयी भएको हो ।

आज राती नै सम्पन्न खेलमा चेल्सी विजयी भएको छ ।लस्क विरुद्द २-१ गोलले चेल्सी विजयी भएको हो ।खेलको २२ औं मिनेटमा चेल्सीका खेलाडी अब्राहामले पहिलो गोल गरे ।३३ औं मिनेटमा विपक्षी टोली लस्कले गोल गर्दै खेल बराबरीमा ल्याए ।पहिलो हाफ बराबरीमा खेल रोकिएको हो ।दोश्रो हाफको ७७ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई २-१ गोलमा ल्याए र पछि दुवै टोलीबाट गोल नगरेपछि खेल चेल्सी तर्फ धकेलिएको हो ।

लिगको अर्को खेलमा जेनिट र बेन्फिका भिडेका थिए ।जहाँ जेनिटले बेन्फिकालाई ३-१ गोल अन्तरले हराएको हो ।खेलको २१ औं मिनेटमा जेनिटको तर्फबाट डिज्युबाले गोल गरे ।पहिलो हाफमा १ गोलले अग्रता बनाएको खेलमा दोश्रो हाफको ७० र ७८ औं मिनेटमा क्रमशः डायस र अज्मौनले गोल गरे ।बेन्फिकाबाट मात्र ८५ औं मिनेटमा डि टोमसले गोल गरे ।


सामाजिक संजालवाट साभार