च्याम्पियन लिग: स्वारेजको गोलले घरेलु टोली बार्सिलोना विजयी

१६ आश्विन २०७६, बिहीबार ०१:१९ मा प्रकाशित
उज्यालो संवाददाता

 

युइएएफ च्याम्पियन लिगको समूह चरणको खेलमा लुइज स्वारेजको उत्कृष्ट कम ब्याकले बार्सिलोना विजयी भएको छ ।बार्सिलोनाले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आज राती घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले इन्टर मिलानलाई उत्कृष्ट कम ब्याक गरि नतिजा आफ्नो पक्षमा पारेको हो ।खेलको दोश्रो मिनेट मै मिलानका स्ट्राइकर मार्टिन्जले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १-० गोलले अग्रता बनाएको थियो ।पहिलो हाफमा ०-१ गोलले पछि परेको घरेलु टोलीमाथी निकै दबाब सिर्जना भएको थियो ।आक्रमण लाइनमा ३ स्ट्राइकरलाई पहिलो रोजाईमा राखे पनि बार्सिलोना मिलानसँग निकै संघर्ष गरिरहेका थिए ।खेलको ५५ औं मिनेटमा बोस्क्युटलाई रिप्लेस गरि भिडाल मैदान छिरेको ३ मिनेट मै स्वारेजको गोलमा असिस्ट गराए र खेललाई बराबरीमा ल्याए ।त्यसपछि ८४ औं मिनेटमा मेस्सीको असिस्टमा स्वारेजले व्यक्तिगत दुई गोल गर्दै टोलीलाई २-१ गोलले बार्सालाई जिताए ।यस सँगै बार्सिलोना समूह एफ को दोस्रो स्थानमा उक्लिएको छ ।


सामाजिक संजालवाट साभार