नेपाल र सिंगापुरको खेल बर्षाले प्रभावित

१५ आश्विन २०७६, बुधबार ११:४५ मा प्रकाशित
उज्यालो संवाददाता

सिंगापुरमा चलिरहेको तीन देशबीचको टि-२० त्रिकोणात्मक सिरिज अन्तरगत नेपाल र सिंगापु बीचको खेल बर्षाको कारण रोकिएको छ ।

सिंगापुर स्थित इन्डियन एसोसिएसन मैदानमा साँझ ५:१५ मा सुरु हुने नेपाल र सिंगापुर बीचको खेल बर्षाले प्रभावित बनाएको छ ।
सिरिजमा नेपालको यो अन्तिम खेल हो । पहिलो खेलमा नेपाल जिम्बावेसँग हार र सिंगापुरसँग विजयी भएको थियो ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ भने जिम्बावे शीर्ष स्थानमा रहेको छ । जिम्बावेसँगको दोश्रो खेलमा पनि नेपाल पराजित भएको थियो ।उपाधी होडमा रहनका लागि नेपालले आजको खेल ठूलो रन रेटमा जित्नुपर्नेछ र जिम्बावे सिंगापुरसँग पराजित हुनुपर्नेछ ।


सामाजिक संजालवाट साभार