आमा (कविता)- सेमसाङ वाइबा

१५ आश्विन २०७६, बुधबार ०५:५४ मा प्रकाशित
उज्यालो संवाददाता

छिट्टै फर्की आउन बाबु सधै भन्छिन मेरी आमा
आकाशतिर हेर्दै चरीसंगै दिन गन्छिन् मेरी आमा
बाबाले पनि साेध्दै हुनुहुन्छ छाेराे आउने कैल्य हाे
बुढेसकालले छाेयाे हाम्लाई माया पाउने कैल्य हाे

बाँझो खेत पाटा राेएका छन प्रदेशमा युवा देख्दा
सकिदैन बिदेशीकाे कहानी सानाे डायरीमा लेख्दा
अनगिन्ती सपनाहरु बाेकी प्रदेशीएका छाेराछाेरी
रुदैछन यहाँ पुरा नभएका ती सपनाकाे मुख खाेली

नेपालीकाे हरेक बर्ष चांडपर्वहरुले कुरीरहेका छन्
प्रदेशमा मान्छे भएनी तनमन गाउँमा डुलीरहेका छन्
आउछ जान्छ भन्छन् ज़िन्दगी साेच्नेहरुका निम्ति त
संहेर बस्दिन्छन् मनकाे कुना घाेच्नेहरुका निम्ति त

दुख पिर सबै भुली आमा हजुरले सन्तान हुर्काउँदा
ठुलाे गराई बच्चैदेखि आजपनि मन मनै फुर्काउँदा
मुटु जल्याे जब त्यै सन्तान पराई जस्ताे गरी जाँदा
आमा बाबु छाडी अरु सगै बांच्ने मर्ने क़सम खाँदा

कुटाे काेदालाे गर्दै थिईन् म डिलमा बसी हेर्दाखेरी
कछ्छा भाेटाे फाेहाेर भई मेराे रुन्थिन् फेर्दाखेरी
आमा केभाे भनी नजिक जादा नबाेली बस्दथिन्
देख्दथेँ त्याे मुहारमा चाेटहरु तर नखाेली बस्दथिन्

आउँछु आमा अब छिट्टै हजुरकै निम्ति खुशी बाेकेर
अल्लमल्ल भएँ आजसम्म याे सहरका मान्छे देखेर
पैसामा नै बिकेकाे देखेँ याे ठुलाे शहरका मानवपनि
भुलेछन् क्यारे अब गन्न छाडे नजिकैका दानवपनि

दाप्चा काभ्रे,हाल बौद्ध ।


सामाजिक संजालवाट साभार