सिरहामा भव्य रुपमा कलश शोभा यात्रा निकालियो

१२ आश्विन २०७६, आईतवार १४:२० मा प्रकाशित
उज्यालो संवाददाता

सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । मिर्चैया नगरपालिका लगयात सिरहा जिल्ला का विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।

यसैगरि मिर्चैया नगरपालिका वडा नं.५ स्थित दुर्गा मन्दिरको प्राङगढबाट करिब २००० र मिर्चैया नगरपालिका वडा नं.२ स्थित दुर्गा मन्दिरको प्राङगढबाट करिब १७०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले मिर्चैयाका बिभिन्न भागको परिक्रमा गर्दै मिर्चैयाका सर्वसाधारण, महिला तथा बालबालिकाहरु बतहाखोलाको किनारमा पुगेर कलशमा जल भरेर मन्दिरमा स्थापित गरेका छन् । भने, कलश स्थापना गरी त्यही स्थानमा साँझ र बिहान शक्तिस्वरुपा दुर्गाको अगरबत्ती बालेर पूजा आराधना गर्ने स्थानिय प्रदिप साहले बताउछन् ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ । यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा रहेको मिर्चैया दुर्गा मेला समितिका अध्यक्ष कृष्ण साहले जानकारी दिएको छ ।


सामाजिक संजालवाट साभार