महानायक राजेश हमाललाई सम्मान गरिने

११ आश्विन २०७६, शनिबार १३:५९ मा प्रकाशित
उज्यालो संवाददाता

नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई एक लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ।

करीब ३ सय चलचित्रमा अभिनय गरिसकेका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो।

केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए। सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन्।

भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ। केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ।


सामाजिक संजालवाट साभार