उदयमान गायक नबिन लुङ्बा

११ आश्विन २०७६, शनिबार १३:१४ मा प्रकाशित
विवेक लोप्चन

गायक नबिन लुङ्बा उदायमान गायक हुन । बारा जिल्लाको निजगड नगरपालिका वडा नम्बर १२ रामथालिमा बुवा मदन लुङ्बा र आमा सुनिता लुङ्बाको कोखबाट जन्मिएका उनी जेठो सन्तान हुन । सानैमा आफ्नो आमाले घर परिवार छोडेर गए पछि उनी बजै अर्थात हजुरआमाको माया र पालन-पोषणमा हुर्के । आमाको माया कस्तो हुन्छ उनले राम्रो अनुभव गर्न पाएनन् । परिवारमा उनको हजुरआमा,दिदी,बुवा ,सानीआमा र भाई बहिनी छन । सामान्य परिवारमा हुर्केत पनि बाल्यकाल उनको दु:खद नै बित्यो । उनलाई स्कुल देखि नै गीत गाउनु भने पछि खुसी हुने र बिद्यालयको अतिरिक्त कृयाकलापमा उनको सकृय सहभागिता रहन्थ्यो । यस्तै गरि साथीभाइ सङ्ग रमाउने र बढी गीत सङ्गितमै उनको समय बित्थ्यो । यस्तै गरि हुर्किने क्रममा नबिन लुङ्बाले एउटा गायक बन्ने सपना देख्न थाले । गीत रेकर्ड गर्ने,कस्लाई भेट्ने हो भनेर थाहासम्म थिएन ।

                                                                       गायक नबिन लुङ्बाकी हजुरआमा । 

सानैदेखी साङ्गितिक क्षेत्रमा लाग्ने रहर बोकेका उनको कथा अली बेग्लै छ । साङ्गितीक क्षेत्रमा लाग्ने ठुलो लक्ष्य बोकेको थियो उनले । तेहि सपना बोकेर एक्दिन काठमाण्डौ जने निर्णय गरे । जसो तसो काठमाडौं आउन त आए तर कोही चिनजान् भएन । कसैको सहयोग नपाए पछि उनलाई लाग्न थाल्यो कि मेरो इच्छा पुरा नहुने भयो । यसरी नै समय बित्तै गर्दा घर परिवार को अर्थिक स्थिति र आफ्नो छुट्टै गायक बन्ने सपना बोकेका लुङ्बा देशमा रोजगारको गतिलो स्थिती नपाएपछी उनी बैदेशिक रोजगारको लागि तयार भए । झन उनको सपना पुरा भएन भन्ने खुब चिन्ता थियो तर हिम्मत भने गुमेको थिएन । मलेसियामा रोजगार थालेको २ बर्ष भएको थियो । इन्टरनेटमा साथीभाइहरु सँग कुराकानी भयो । गीत सङ्गितको लागि उनले थप बुझ्ने मौका मिल्यो ।

ब्यस्तताको बाबजुत पनि उनले सङ्गित सम्बन्धी धेरै बुझ्ने कोशीस गरे । उनी आतिसकेका थिए । साङ्गितिक क्षेत्रका कतिपयले उनलाई निराशा छौने काम पनि गरियो । नेपाल गएपछी गीत गाउँने उनको अठोट थियो नै । बिस्तारइ साथीभाइ सङ्गको सङ्गत बढ्न थाल्यो । मलेसियामा नै रहेर साङ्गितिक क्षेत्रमा लाग्न सकिने उनले साथीमार्फत थाहा पाए । मन उनको खुशी भयो । बिदेशमा उनले गीत रेकर्ड हुने थाहा पाए ।

मकवानपुरको प्रकाश तामाङसँग उनले गीत सङ्गितमा लाग्ने कुरा प्रकट गरे । दुवैजनाको कुराकानी पछी गीत गाउँने निधो भयो । मनमा खुशीको सिमा थिएन जब उनी गायनमा लागे । पहिलो गीत ‘सधैं तिम्रो तस्बिर ‘ बाट उनी साङ्गितिक क्षेत्रमा लागे । बिदेशमा रहेर उनले विभिन्न समस्याको बाबजुद पनि गीत रेकर्ड गरे । आफ्नी हजुरआमा उनले गीत रेकर्ड गरेको खुशीयाली मनाए । उनको स्वर सुमधुर थियो । सबैको साथ पाएको उनको भनाइ छ । मलेसियामा रहेको (नेपाल तामाङ कलाकार संघ मलेशिया ) आबद्ध भएर उनी साङ्गितिक कार्यक्रममा सहभागि भए । उनलाई सबैजनाको थप हौसला र साथले गीत सङ्गितमा लाग्ने प्रेरणा मिल्यो ।

उनले दोश्रो गीतको तयारी गरे । पहिलो गीत निकाल्न जती उनलाई कष्ठ लागेन । ‘पर्देश’ बोलको गीत उनले बजारमा ल्याए । पहिलो गीतबाट सकरात्मक प्रतिकृया पए । अझ कलाकारिता क्षेत्रमा नै रहेर उनले धेरै गीत निकाल्ने सोचमा छन । समाजको संस्कार र परम्परालाई साङ्गितिक क्षेत्रबाट बच्चाउन सकिने उनको भनाइ छ ।


सामाजिक संजालवाट साभार