मेस्सीविना बार्सिलोना गेटाफेविरुद्द उसकै मैदानमा भिड्दै

११ आश्विन २०७६, शनिबार ०९:३६ मा प्रकाशित
उज्यालो संवाददाता

स्पेनिस ला लिगा अन्तर्गत आज साविक विजेता बार्सिलोनाले आफ्नो सातौँ खेल गेटाफेविरुद्द उसकै मैदानमा खेल्दैछ ।

नेपाली समयानुसार बेलुका ७:४५ बजेबाट सुरु हुनेछ ।बार्सिलोना ६ खेलमा ३ मा जित,२ मा हार र १ खेलमा बराबरी खेली १० अंकसहित लिगको सातौं स्थानमा छ ।त्यस्तै गेटाफे भने १ खेल मात्र जितेर लिगको दशौँ स्थानमा रहेको छ ।

जारी लिगमा बार्सिलोना अवे खेल जितविहिन हुँदै आएको छ ।गेटाफेविरुद्दको अवे मैदानमा हुने आजको खेलमा कप्तान लियोनन मेस्सी र युवा खेलाडी फाती मैदानमा उत्रने छैनन् ।अघिल्लो खेलमा घाइते भएका यी दुई खेलाडीबिना बार्सिलोनालाई केही दबाब हुनेछ तर बार्सिलोनाको आक्रमण लाइन भने बलियो नै छ ।लुइज स्वारेज,ग्रीजम्यान र डेम्बेलेले बार्सिलोनाको आक्रमण लाइनको जिम्मेवारी पाउनेछन् ।


सामाजिक संजालवाट साभार