भक्त विश्वासले ल्याए ‘आधा जिवन'(भिडियोसहित)

११ आश्विन २०७६, शनिबार ०३:४० मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौं, शारिरीक रुपमा आफ्नो अशक्ततालाई चुनौती दिदै गायक भक्त विश्वासले ‘आधा जिवन’गीत सार्वजनिक गरेका छन् ।

गीतमा दिनेश खरेलको शब्दल, सन्जय पान्डेको सङ्गीत, शाहस शाक्यको सङ्गीत संयोजन गरेको गीतलाई ईन्दिरा भट्टराईले निर्देशन गरेका हुन । ।

ईन्दिरा म्यूज़िक एण्ड ईन्टरटेनमेन्टबाट गित सार्वजनिक गरे लगतै संञ्चारकर्मीहरुसंग बोल्दै निर्देशक भट्टराईले भनिन्, “दुई दशक भन्दा लामो समय देखि घुडा टेकेर हिड्ने भक्तको यो औपचारिक गायन यात्राको विजारोपनले पक्कै पनि फरक पहिचान बनाउने विश्वास गरेकी छु ।”

आर्यन बिमलीको छायांकन रहेको भिडियोमा संञ्चारकर्मी राधिका अधिकारी, दिनेश खरेल, चन्दा बिडारी, ईश्वर खड्का र सिम्रन विष्ट लगाएतको अभिनय रहेको छ । शुवातमै निकै प्रसंशा पाएको उक्त सार्वजनिक गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।

 


सामाजिक संजालवाट साभार