प्रदेश २ का मुख्यमन्त्रीले सञ्चालन गरेको अभियानको नारा उलङघन गरियो

१० आश्विन २०७६, शुक्रबार १२:०० मा प्रकाशित
उज्यालो संवाददाता

 

सिरहा । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चालन गरेको “ बेटी पढाउ बेटी बचाउ” अभियान अन्तर्गत असोज ८ गते बुधबार माध्यमिक विद्यालय भलुवाहीमा कक्षाका ३६ छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

गणतन्त्रात्मक संविधानले दिएको अधिकारमा वाक्य स्वतन्त्रताको नाममा प्रदेश नं. २ का मुख्यमन्त्रीका “बेटी पढाउ बेटी बचाउ”का नारालाई परिवर्तन गरेर माध्यमिक विद्यालय भलुवाहीले एउटा अभियानको मानप्रभावित गरेको छ भने यस प्रदेशका मुख्यमन्त्रीको सम्मानमाथि ठाढै प्रहार गरेर प्रदेश नं. २ का मुख्यमन्त्रीले सञ्चालन गरेको अभियानको नारालाई उलङघन गर्नेकाम भएको छ ।

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिरहा नगरपालिका वडा नं. ११का वडा अध्यक्ष बिनोद कुमार कामतिको अध्यक्षतामा प्रमुख अतिथी सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, विशिष्ठ अतिथी सिरहा नगरपालिकाका उपमेयरका प्रत्यासी समाजवादी फोरम नेपालका शोभा मण्डलको उपस्थितिमा प्रधानाध्यापक गंगाराम यादवले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको पठन पाठन बन्द गरेको थियो ।


सामाजिक संजालवाट साभार