‘मैले विमानस्थल बन्नु हुँदैन र रुख काट्न दिन्न भनेको छैन : मन्त्री यादव

१० आश्विन २०७६, शुक्रबार ०७:३३ मा प्रकाशित
उज्यालो संवाददाता

 

सिमरा । विश्व पर्यटन दिवसको अवसरमा प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले मिडियामा आएजस्तो आफू विमानस्थल विरोधी नरहेको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार सिमरामा आयोजित कार्यक्रममा सहभागी हुन आएका मन्त्री यादवले बारामा बन्न लागेको विमानस्थलको विरोधमा आफू नरहेको स्पष्ट पार्दै उनले भने ‘मैले विमानस्थल बन्नु हुँदैन र रुख काट्न दिन्न भनेर कतै भनेको छैन । मिडियामा आउँदा त्रुटी भएको हुनसक्छ, संघीय सरकारले हामीसँग समन्वय गरेन र विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको हुँ । विमानस्थलको नाममा व्यापार गर्नु हुँदैन। कम रुख कटान गरेर विमानस्थल बनाउँदा कुनै आपत्ति छैन ।’

‘अन्तर्राष्टिय विमानस्थल प्रदेश २ को भूमिमा बन्नु आफैमा गौरवको विषय हो,’ मन्त्री यादवले भने, ‘संघीय सरकार र प्रदेश सरकारबीच समन्वय हुनुपर्छ भन्ने मात्रै मेरो भनाई हो ।’

उनले अगाडि थपे, ‘मैले विमानस्थल बन्नु हुँदैन र रुख काट्न दिन्न भनेर कतै भनेको छैन । मिडियामा आउँदा त्रुटी भएको हुनसक्छ, संघीय सरकारले हामीसँग समन्वय गरेन र विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको हुँ । विमानस्थलको नाममा व्यापार गर्नु हुँदैन। कम रुख कटान गरेर विमानस्थल बनाउँदा कुनै आपत्ति छैन ।’

‘संघीय सरकारले प्रदेश सरकारसँग समन्वय नगर्नु दुःखद् पक्ष रहेको छ,’ उनले भने, ‘राष्ट्रिय वन क्षेत्रको अधिकार अहिले प्रदेश सरकारको मातहतमा रहेको छ । तर यही प्रदेशभित्र विमानस्थल बनाउँदा प्रदेश सरकारसँग समन्वय गरिएको छैन् ।’ दिए ।


सामाजिक संजालवाट साभार