चीन स्थापनाको ७० औँ वार्षिकोत्सव काठमाडौँमा भव्य रुपमा मनायो

१० आश्विन २०७६, शुक्रबार ०६:३९ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौँ । चाइना कल्चर सेन्टर काठमाडौँले जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सव नेपालको राजधानी काठमाडौँमा पनि मनाइएको छ ।

बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ७० औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाली नागरिकको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । चीनको हुनान प्रान्त प्राचीन कला, संस्कृति र सभ्यतासँगै आधुनिक विकासमा अघि बढेकोले नेपालजस्तो बहुसांस्कृतिक देशले यो पनि अनुशरण गर्न योग्य रहेको उल्लेख गरे ।

नेपालका लागि चिनिया राजदूत हौ यान्छीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमै मनाइएको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको विचार व्यक्त गरिन् । चिनिया कलाकारहरु नेपाल आएर र नेपालका कलाकारहरु चीनमा गएर कला प्रदर्शन गर्दा दुई देशबीच सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान पुगेको उनले बताइन् । जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव लगत्तै नेपालमा पनि महान चाड दशैं आउने भएकोले दुवै पर्वको अवसरमा उनले शुभकामना व्यक्त गरिन् ।

 


सामाजिक संजालवाट साभार