मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

१० आश्विन २०७६, शुक्रबार ०३:२५ मा प्रकाशित
उज्यालो संवाददाता

मकवानपुर। मकवानपुरमा बिहीबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७९४२ नं को बसको ठक्करबाट सिन्धुपाल्चोकका ४२ वर्षीय चश्मभक्त श्रेष्ठको मृत्यु भएको हो । यस्तै भीमफेदीमा ना ६ त ६०३५ नं को ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी १८ वर्षीय उमेश बस्नेतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

दुर्घटनामा तीन जना घाइते भएका छन् ।

बिहीबारै चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ३५५६ नं को बसको ठक्करबाट नाम र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक राम बालकले जानकारी दिए।


सामाजिक संजालवाट साभार