नेपालमा मृत्य दण्डको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्छ : नेता नेपाल

५ आश्विन २०७६, आईतवार १३:१३ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले क्रूर दानवीय प्रवृत्ति बढ्दै गएको देख्दा मृत्य दण्डको सजायको व्यवस्था गर्नुपर्ने टिप्पणी गरेका छन्।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकमा क्रूर दानवीय प्रवृत्ति बढ्दै गएको देख्दा मृत्य दण्डको सजायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताएका हुन्।
उनले महिला हिंसा, हत्या, बलात्कारको घटना अन्त्यन्तै क्रूर ढंगले बढदै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। नेपालले गल्ती गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे।


सामाजिक संजालवाट साभार