अरुण नदिमा खसेको जिप र बेपता ६ को पता नलागेपछो फर्किए गोताखोर टोली

४ आश्विन २०७६, शनिबार १३:०५ मा प्रकाशित
उज्यालो संवाददाता

संखुवासभा । मंगलबार राति अरुण नदीमा जिप दुर्घटना हुदाँ बेपत्ता भएका ६ जना यात्रु र जिप पत्ता नलागेपछि गोताखोर टोली फकिएको छ । गोताखोर टोलीले तिन दिनसम्म खोजी गर्दा पनि बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि टोली काठमाण्डौं फकिएको हो ।

बेपत्ता जिप र यात्रुको खोजी गर्न विहिबार गोताखोरको टोली घटना स्थल पुगेको थियो । बेपत्ताको खोजी गर्न नयाँ प्रविधि नभएका कारण खोजी कार्यमा समस्या भएको टोलीले जनाएको छ । बेपत्ता यात्रुको खोजी चितवनबाट सशस्त्र प्रहरीका वरिष्ठ हवलदार बलराम अधिकारीको कमाण्डमा ४ जना गोताखोरको टोली घटना स्थलमा खटिएको थियो ।

बिरामी बोकेर मंगलबार राति सदरमुकाम खाँदबारी धरान जाँदै गरेको जिप राति साढे १० बजे धर्मदेवि नगरपालिका–८ अक्करको भीरबाट अरुण नदीमा खसेको थियो ।


सामाजिक संजालवाट साभार