दाङमा संविधान विरोध गर्ने ६ पक्राउ

३ आश्विन २०७६, शुक्रबार १३:०७ मा प्रकाशित
उज्यालो संवाददाता

दाङ । दाङमा कालो पट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका ४ निवासी क्षेत्रपाल चौधरी, राप्ती गाउँपालिका ५ का बामदेव चौधरी, लमही ८ सतबरियाका प्रकाश कुमार चौधरी, लमही नगरपालिका ५ निवासी एकराज चौधरी, लमही ३ बनगाउँका भरत चौधरी र लमही ७ निवासी किशोर कुमार घर्तीमगर पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए ।

संविधान दिवसको अवरमा खुसीयाली मनाउनको साटो विरोध गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनिहरु सबैजना संघीय समाजवादीका कार्यकर्ता र थरूहट थारूवान संघर्ष समितिका पदाधिकारी रहेका छन् ।


सामाजिक संजालवाट साभार