अज्ञात समूहद्धारा नगरपालिका कार्यालय परिसरमा बम विस्फोट

३ आश्विन २०७६, शुक्रबार १०:१७ मा प्रकाशित
उज्यालो संवाददाता

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा अज्ञात समूहले शुक्रबार बिहान बम विस्फोट भएको छ ।

बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहकोे पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


सामाजिक संजालवाट साभार