सडेको अवस्थामा महिलाको शव फेला

३ आश्विन २०७६, शुक्रबार १०:०७ मा प्रकाशित
उज्यालो संवाददाता

बुटवल । दाङको एक जंगलमा च्याउ टिप्न गएका बालबालिकाहरुले एउटी सडेगलेको बेबरिसे अवस्थामा महिलाको शव फेला पारेका छन् ।

शुक्रबार अन्दाजी ३५ वर्षीया महिलाको शव लमही ७ उचानिम्भु सामुदायिक वनमा च्याउ टिप्न गएका बालबालिकाले देखेर प्रहरीलाई खबर गरेका हुन् ।

इलाका प्रहरी कार्यालयले थप अनुसन्धानका लागि सदरमुकाम पठाएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।


सामाजिक संजालवाट साभार