ओखलढुङ्गामा व्यक्तिगत लगानीमा दुई पुल निर्माण

३१ भाद्र २०७६, मंगलवार १२:२९ मा प्रकाशित
उज्यालो संवाददाता

ओखलढुङ्गा । ओखलढुङ्गामा व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरिदिएका छन् । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरिदिएका हुन् ।

शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरेका हुन् ।

गाउँका ठाडो खोलामा वर्षाको समयमा आउने भेलका कारण स्थानीयलाई आवजजावतमा समस्या भएकाले पुल निर्माणमा सहयोग गरेको पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले बताए ।


सामाजिक संजालवाट साभार