राष्ट्रियसभा सदस्यहरुद्धारा सरकारको ध्यानाकर्षण

३१ भाद्र २०७६, मंगलवार ११:५३ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले समसामयीक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद खिमकुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौं रुपैयाँ घोटला भएको भन्दै सो आदेशबारे चासो देखाउँदै सो सम्बन्धमा सरकारको धारणा माग गरे ।

राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायु सेवा निगमसंग भएको सम्झौता लागु गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


सामाजिक संजालवाट साभार