नेकपा प्रदेश कार्यालयमा तालाबन्दी

३१ भाद्र २०७६, मंगलवार १०:५४ मा प्रकाशित
उज्यालो संवाददाता

इटहरी । मंगलबार इटहरीस्थित नेपाल कम्युष्निट पार्टी (नेकपा)को प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । मंगलबार नेकपा युवा नेताको समूहले तालाबन्दी गरेको हो ।

नगर कमिटी गठनलाई लिएर असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेपछि विवाद छताछुल्ल भएको हो । झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालय तालाबन्दी गरेको थियो । ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भएपनि सहमति जुटेको छैन ।

विरोधमा उत्रिएका पर्वएमाले वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र गौतमले स्थानीय र पार्टीमा लामो समय योगदान गरेकालाई पहिलो प्राथमिकता दिनुपर्ने र पार्टीको विधानअनुसार युवासमेतलाई उचित प्रतिनिधित्व दिँदै कमिटी संशोधन गर्नुपर्ने माग गरेको थियो ।


सामाजिक संजालवाट साभार