वाइबाका ४ गजल,बेचियो जवानी खाडीमा

३० भाद्र २०७६, सोमबार १२:३४ मा प्रकाशित
सेमसाङ वाइबा

गजल १
रगत बेचियो,बेचियो जवानी खाडीमा
यसै गरी सकियो जिन्दगानी खाडीमा
जिन्दगी अमूल्य छ किन बेच गरिदैन
नेपाली बेचिए जानी नजानी खाडीमा
मान्छे गरिब जिन्दगी सँगै जोडिएका
पिडै पिडा भरिएका कहानी खाडीमा
पिसाब आउदैन पसिना,आँसु आउछ
जतिसुकै पिउनु चिसो,पानी खाडीमा
गजल २
मेरो दिलमा आगो लगाई तापेर फर्किए
यता खुसि रित्ताएर आँफु थापेर फर्किए
माया थियो या थिएन जिन्दगी भर हुने
माना पाथी के मा मिल्छ नापेर फर्किए
खाडिको गर्मिलेझैँ पोल्छ तिम्रो यादले
अझै याद माथि यादहरु खापेर फर्किए
बत्ती माथि पुतली सरि सहिद भए रहर
मेट्यौ क्यार प्यास,माया हापेर फर्किए
गजल ३
माया गर्ने मुटुहरु टाढा भएपछी
भेट हुने बाटोमा काढा भएपछि
रुदिन म भन्दा पनि आँखा रसाउने
मेरो पुरै उस्को माया आधा भएपछि
रात दिन उस्कै याद आउँछ मुटुभरी
एस्तै रैछ माया धेरै गाढा भएपछि
मर्नु बाहेक अर्को कुनै बिकल्पनै छैन
अर्कै कृष्णको उनी राधा भएपछि ।।
गजल ४
बोल्ने बातमा पनि यहाँ मात हुन्छ!!
खै तिम्रो त्यो मनमा के पाप हुन्छ!!
तिमी ठूलो म सानो नभन्नुस् यार!!
कसम मान्छेको~एउटै जात हुन्छ!!
पैसा हुँदा जता जे खाए पनि यार!!
भोक लागे मिठो बासी भात हुन्छ!!
सानो कुराहरुमा रिसाउँछन् अनि!!
त्यही मायामा नै धेरैको घात हुन्छ!!
सेमसाङ वाइबा
काभ्रे ,हाल बौद्ध


सामाजिक संजालवाट साभार