पक्राउ परेका ९ पत्रकारलाई तत्काल रिहा गर्न पत्रकार महासंघको माग

३० भाद्र २०७६, सोमबार ११:२५ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै सोमबार पक्राउ गरिएका ९ जना पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ ।

महासंघले वार्ता गर्न गएका महासंघका सचिव र केन्द्रीय सदस्यसहित ९ जना पत्रकारलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबै पत्रकारलाई तत्काल रिहा गर्नुपर्ने माग महासंघको हो ।

पक्राउ पर्नेहरुमा नेपाल पत्रकार महाहसंघका सचिव रामप्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्यहरु जन्मद्धीप जैशी, मीन बम, यम विरही र नेपाल प्रेस युनियनका महासचिव अजयबाट शिवाकोटी लगायत छन् । पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदीप जैशी, मिन वम, यम विरही पक्राउ परेका छन् ।

नेपाल पत्रकार महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुर्नवहालीसंगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनु पर्ने माग राख्दै रेडियो नेपालको परिसरमा धर्ना तथा प्रदर्शन गर्दै आएका थिए ।


सामाजिक संजालवाट साभार