गणतन्त्रका विरुद्ध धावा बोल्ने ज्ञानेन्द्र शाहीलाई तह लगाउनुपर्ने बेला आयो

२७ भाद्र २०७६, शुक्रबार १४:३४ मा प्रकाशित
उज्यालो संवाददाता

भाद्र २७,काठमाण्डौ । देशमा भएका परिवर्तन र गणतन्त्रका विरुद्ध धावा बोलेको भन्दै अनेरास्ववियू संयोजक ऐन महरले ज्ञानेन्द्र शाहीलाई छाैडाको संज्ञा दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै अनेरास्ववियूका संयोजक महर यस्तो जनाएका हुन् ।

विद्यार्थीको एकता प्रक्रियामा केहि समस्या देखिएको स्विकार गर्दै उनले भने, हाम्रो एकतामा केहि समस्या देखा परेका छन् । बैठक अन्तिम समयमा आएर स्थगित हुन पुगेको छ । विद्यार्थीको जस्तो युवामा नहोस सुभकामना छ । उनले भने ।

यस्तै संयोजक महरले ज्ञानेन्द्र शाही जस्ता छाैडालाई तह लगाउनुपर्ने बेला आएको भन्दै आक्रोस समेत व्यक्त गरे ।


सामाजिक संजालवाट साभार