निर्वाचन प्रणाली महँगो हुँदा सामान्य व्यक्तिले चुनाव लड्न सकेन

२७ भाद्र २०७६, शुक्रबार १३:३३ मा प्रकाशित
उज्यालो संवाददाता

इलाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन प्रणाली महँगो हुँदा सामान्य व्यक्तिले चुनाव लड्न नसकेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले निर्वाचन पद्धति महँगो भएकाले परिवर्तन गर्नुपर्नेसमेत विचार व्यक्त गरे । समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गरे। उनले सबै कम्युनिस्ट एक नभएमा मुलुकमा विकास सम्भव नहुने बताए ।

गृहजिल्ला इलाममा आज पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिँदै वरिष्ठ नेता खनालले पुष्पलालले पार्टी निर्माण गरेको ५६ वर्षपछि मात्र एकता भएर एक ठाउँ आइपुगेको बताए ।


सामाजिक संजालवाट साभार