Breaking : गुण्डा नाइके साजन गुरुङमाथि गोली प्रहार

२७ भाद्र २०७६, शुक्रबार ११:३६ मा प्रकाशित
उज्यालो संवाददाता

अनिस तामाङ/काठमाडौं ।
गुण्डा नाइके साजन गुरुङमाथि गोली प्रहार भएको छ । विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न पुगेको अपराध अनुसन्धान महाशाखाको विशेष टोलीमाथि गुरुङको टिमले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको हो ।

प्राप्त सुचना अनुसार गुरुङ समुहबाट २ वटा पेस्तोल समेत बरामद भएको छ । गुरुङ अहिले घाइते छन् । उनको गोडामा चोट लागेको छ ।

सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा साजन गुरुङ समूहले पहलमान तामाङको हत्या गरेको थियो । २४ माघ ०७० मा गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गर्दै घाइते गुरुङलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइरहेको उज्यालो नेटवर्कलाई जानकारी दिए ।


सामाजिक संजालवाट साभार