‘जिन्दगीमा सुख पाउन सम्पतिको थुप्रो होइन, बस् सन्तुष्ट मन चाहिन्छ’

२० भाद्र २०७६, शुक्रबार १४:१७ मा प्रकाशित
उज्यालो संवाददाता

अलेक्जेण्डर दी ग्रेटको नाम नसुन्ने सायदै होलान् । उनले छोटो समयमै आधा संसार जितेको थियो भन्दा अन्यथा हुँदैन । त्यसैले त होला उनलाई एक्लो विश्वविजेता भनिन्छ ।
उनी ज्ञानका निकै प्यासी थिए । भनिन्छ, उनी एक हातमा तरवार र अर्को हातमा होमरको महाकाव्य बोकेर हिड्थे । यसर्थ संसारका ज्ञानी पुरूषहरूप्रति निकै लगाव थियो ।
एकदिनको कुरा हो, घरमा बसिरहेका बेला उनले महान् सन्त डायोजनिसको बारेमा सुने । डायोजनिससँग धनको नाममा भिक्षा माग्ने भाडो र लगाएको लंगौटी बाहेक अर्थोक केही थिएन । उनको लागि धर्ती नै विस्तारा र आकाश छानो थियो ।
यद्यपी उनी निकै सन्तुष्ट थिए, निकै खुसी थिए जस्तो सुख संसारका नामी अमिरले समेत पाउन सकेका थिएनन् । उनी साच्ची नै महान् सन्त थिए । उनको सन्तुष्टि देख्दा लाग्थ्यो, उनलाई नपुगेको केही छैन ।
यही क्रममा अलेक्जेण्डरलाई मनमा एकपटक डायोजनिसलाई भेट्ने इच्छा जाग्यो । उनी त्यहाँ पुग्दा डायोजनिस समुन्द्र किनारमा बिहानको रापिलो घाम तापिरहेका थिए । अलेक्जेण्डरसँगै घोडामा सवार भएर त्यहाँका एकजना हुनेखाने मान्छे सिकन्दर डायोजनिसको अघि गए र अदमका साथ भने ‘म यो पुरै देशको सम्राट हुँ र विश्व विजयको क्रममा छु । यहाँ जस्तो सन्तलाई सेवा गर्नु मेरो कर्तव्य हो । भन्नुहोस् तपाई जे चाहनुहुन्छ म त्यो दिन्छु ।’
सिकन्दरले डायोजनिसलाई भनेका कुरा अलेक्जेण्डर गम्भिर भएर सोच्दै थिए । यतिकै डायोजनिसले जवाफ फर्काए, र भने, ‘म आफैँमा सन्तुष्ट छु, मेरा खासै केही चाहना छैन तर म सानो चिज माग्न चाहन्छु ।’ सिकन्दरले भने, माग्नुस्, के माग्न चाहनुहुन्छ । अलेक्जेण्डरको मनमा के माग्न लागेका होलान् ? भनेर खुल्दुली हुन नपाउँदै डायोजनिसले मुसुक्क हाँस्दै भने ‘महाशय, जाडोमा घाम बडो न्यानो हुन्छ, यहाँले मेरो घाम छेकिदिनुभएको छ, कृपया मेरो घाम नछेकिदिनुहोला ।’
यो सुनेपछी ती सम्राट भनिएका सिकन्दर टाउको लत्र्याउदै घर फर्किए । पछि अलेक्जेण्डरसँगको भेटमा उनले भनेका थिए, ‘म संसारको सर्वाधिक शक्तिशाली सम्राट, संसार मेरो नाम सुनेर थर्किन्छ । तर यो नग्न फकिर डायोजनिस जोसित लंगौटी पनि छैन म जस्तो सम्राटलाई तृणवत् तुच्छ मान्दछ । म डायोजनिसको इष्र्या गर्दछु । यदि मेरो अर्को जन्म हुन्छ भने म सिकन्दर नभएर डायोजनिस भएर जन्मन चाहन्छु‘ ।
यही बीचमा सिकन्दरको मृत्यु भयो । र, उनको इच्छा अनुसार उनको दुवै हातलाई अर्थीबाट लमतन्न बाहिर निकाल्यो । यो देखेर सबै मानिस छक्क परे, किनभने यस्तो न पहिले भएको थियो न त देखेका नै थिए । सबै शरिर बाँधिएका थिए तर हात खुला थिए । यो उनको अन्तिम सन्देश थियो की ‘हेर, विश्व जितेर पनि यो सिकन्दर खाली हात गइरहेको छ ।’
त्यसैले यसबाट हामीले पाठ सिक्नुपर्छ कि, ‘जिन्दगीमा सुख पाउन सम्पतीको थुप्रो होइन, बस् सन्तुष्ट मन चाहिन्छ ।’


सामाजिक संजालवाट साभार