मेलम्चिमा गोली चल्दा दुई घाइते

२० भाद्र २०७६, शुक्रबार ०२:२४ मा प्रकाशित
उज्यालो संवाददाता

भाद्र २०,काठमाण्डौ । मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् ।

इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा युवराज पुरीले लेखेका छन् ।


सामाजिक संजालवाट साभार