सर्पले डसेर एक किशोरीकोे मृत्यु

१७ भाद्र २०७६, मंगलवार ०८:५० मा प्रकाशित
उज्यालो संवाददाता

इलाम– विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् ।

गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।


सामाजिक संजालवाट साभार