ट्वीटर प्रमुखको ज्याक डोर्सीको ट्वीट एकाउन्ट ह्याक, आपत्तिजनक पोष्ट

१४ भाद्र २०७६, शनिबार ०५:०७ मा प्रकाशित
उज्यालो संवाददाता

एजेन्सी । ट्वीटरका सह–सस्थापक तथा सीईओ ज्याक डोर्सीकै एकाउन्ट केही समय ह्याकरको नियन्त्रणमा गएको समाचार आएको छ । ‘चक्लिङ स्क्वाड’ नामक ह्याकरहरुको समूहले डोर्सीको एकाउन्ट आफूहरुले ह्याकिङ गरेको दावी गरेको छ ।

चालिस लाख फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याक भएको १५ मिनेट कयैन अत्यन्त आपत्तिजनक र नश्लीय ट्वीट पोष्ट भएका थिए ।

ट्वीटरले आफ्ना प्रमुखको एकाउन्ट ह्याक गर्न कम्पनीको प्रणाली नभएर डोर्सीले प्रयोग गर्ने गरेको एक मोबाइल सिमको प्रयोग भएको जानकारी दिएको छ ।

‘डोर्सीले ट्वीटर एकाउन्ट खोल्न प्रयोग गरेका मोबाइल नम्बर मोबाइल प्रदायकको लापरबाहीका कारण ह्याकरको हातमा पुगेको थियो,’ ट्वीटरले एउटा वक्तव्यमा भनेको छ ।

‘यसले गर्दा अनाधिकृत व्यक्तिले उक्त मोबाइल नम्बर प्रयोग गरेर टेक्ट म्यासेजमार्फत ट्वीट गरे । उक्त समस्या अहिले हल भएको छ ,’ वक्तव्यमा भनिएको छ ।

ह्याकरले के पोष्ट गरे ?

ज्याक डोर्सीको एकाउन्टबाट सिधैं पोष्ट भएका र रिट्वीट गरिएका आपत्तिजनक ट्वीटमा अश्वेतलाई गरिने नश्लीय सम्बोधन र यहुदीप्रति घृणा गर्न प्रयोग होलोकाष्टको सन्दर्भ समेटिएका थिए ।

एउटा पोष्टले त ट्वीटरको मुख्यालमा बम भएको संकेत गरेको थियो ।

ह्याकर समूह ‘चक्लिङ स्क्वाड’ले पछिल्लो समय विभिन्न उच्चपदस्थ ट्वीटर एकाउन्टमाथि हमलाको जिम्मेबारी लिइरहेको छ ।


सामाजिक संजालवाट साभार